राष्ट्रिय

पुष्पकमल दाहाल प्रचण्डअदालतमा

0Shares

काठमाडौ,फागुन १६: पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालतमा गएका छन् । संसद पुनःस्थापना हुनुअघि प्रचण्डले सर्वोच्चलाई चेतावनी दिँदै राजधानीमा भएको एक कार्यक्रममा ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठहर्याउने काम भयो भने लाखौं लाख जनता सडकमा उतारेर गल्ती सच्याइन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए अदालतको अवहेलना मुद्दामा आफैं लिखित जवाफ पेश गर्न उनी आइतबार सर्वोच्च अदालत गएका हुन् ।
प्रचण्डले आफूले अदालतको अवहेलना हुने गरी कुनै कसूर नगरेको भन्दै आफूविरुद्धको मुद्दा खारेजी गर्न माग गरेका छन् ।उनले भनेका छन्, ‘मैले सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको हुँ । यसबाट अदालतको अवहेलना हुनै सक्दैन ।अदालतको अवहेलना मुद्धामा आफैं लिखित जवाफ पेश गर्न आदेश दिएसँगै प्रचण्ड आफैं अदालत गएका हुन् ।अधिवक्ता समिर हायुले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए ।न्यायपालिकाको स्वतन्त्रता, सक्षमता र निष्पक्षतामाथि गम्भीर असर पार्ने रिट निवेदनमा जिकिर गरिएको छ ।यसअघि सर्वोच्चमा संसद विघटनको मुद्दा विचाराधीन रहेका बेलामा त्यस्तैगरी अभिव्यक्ति दिने चार पूर्व प्रधानन्यायाधीशहरु, पूर्व सभामुख दमननाथ ढुङ्गाना र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफैं उपस्थित भएर सर्वोच्चमा लिखित जवाफ पेश गरेका थिए ।

0Shares