पुष्पकमल दाहाल प्रचण्ड नेपाल निवास कोटेश्वरमा
काठमाडौ,साउन २ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता जारी छ । दाहाल नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे सत्तारुढ गठबन्धनका आगामी चुनौतीलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।
स्रोतका अनुसार भोलि प्रतिनिधिसभा बैठक बस्ने लागेकाले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारबारे पनि उनीहरुबीच छलफल भइरहेको छ । नेपालसँग केही दिनअघि प्रधानमन्त्री देउवाले पनि उनकै निवास गरेर छलफल गरेका थिए । छलफलमा नेपालले संसद बचाउन भएपनि सरकारलाई विश्वासको मत दिने बताएका थिए ।