राष्ट्रिय

पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार

0Shares

काठमाडौ,वैशाख १७ : कोरोना संक्रमण भई थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत् पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको हो। उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आईसीयूमा सारिएको थियो। आज पनि हिजोको जस्तै ‘हाई फ्लो’ अक्सिजनको सपोर्टमा राखिएको अस्पतालले जनाएको छ ।

सोही अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ। उनी पनि अक्सिजनको सामान्य सपोर्टमा छन् । यस्तै, पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ। उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन । उनीहरु तीनैजना गएको शनिबार नर्भिक अस्पतालमा भर्ना भएका थिए । त्यसको केही दिनअघि स्वाब परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको थियो।

0Shares