राष्ट्रिय

पूर्वी तराईका जिल्लाको भ्रमणमा नीस्कीए रामचन्द्र पौडेल

0Shares

काठमाडौ,फागुन ७: प्रमुख प्रतीपक्ष दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रदेश नम्बर १ र २ मा हुने पार्टीका विभिन्न कार्यक्रमका लागि जाने भएका छन्। पौडेलले पूर्वी तराईका जिल्लाको भ्रमणका लागि आजै विहान सवा ८ वजे बुद्ध एयरको विमानबाट विराटनगर जाने कार्यक्रम तय भएको छ पौडेल आजदेखि १३ गतेसम्म पूर्वी र मध्य तराईका जिल्लाको भ्रमण गर्न कार्यक्रम तय भएको उनका निजी सहयोगी चिरन्जीवी अधिकारीले जानकारी दिए । पौडेल आज आज सुनसरीको धरान पुग्ने छन् । कांग्रेसले भदौ ७ देखि महाधिवेशन गर्ने भएको छ। महाधिवेशनको मिति बिहीबारको केन्द्रीय समितिले तय गरेपछि आजदेखि पौडेल देश दौडाहमा निस्कन लागेका हुन्। पौडेलले धरान उपमहानगरपालिका कार्यक्रममा सहभागि भएपछि सोही उपमहानगरपालिकामा निर्माण भएको बीपी पार्कको उद्घाटन गर्ने कार्यक्रम छ।

कांग्रेसले आन्दोलनका कार्यक्रम थप घोषणा गरेको छैन।पौडेल प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा छन्। उनकै दवावमा पार्टीले तीन चरणमा यसअघि आन्दोलनका कार्यक्रम ल्याएको थियो।फागुन ८ गते सुनसरीको सदरमुकाम इनरुवामा विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । पौडेलले फागुन ९ गते इटहरीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । इटहरीमा भेटघाट सकेर पौडेल फागुन ९ गते सप्तरीको राजविराज पुग्ने छन् । फागुन १० गते सप्तरीका सवै निर्वाचन क्षेत्रमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने छन् । सिरहा र सप्तरीको सवै कार्यक्रममा हुलाकी राजमार्ग क्षेत्रमा केन्द्रीत हुने बताइएको छ । सप्तरीमा विभिन्न पार्टी छोडी कांग्रेस प्रवेश गर्नेलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । सिरहामा पौडेलले फागुन ११ गते आयोजित सिरहाका सवै निर्वाचन क्षेत्रमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै फागुन १२ गते पौडेलले धनुषामा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

0Shares