राष्ट्रिय

पूर्व राजा ज्ञानेन्द्र कोरोना संक्रमणमुक्त

0Shares

काठमाडौ,वैशाख २८ : पूर्व राजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन् । थापाथलीस्थित नर्भिक अस्पतालमा १८ दिनदेखि उपचारत शाहको स्वास्थ्य अवस्थामा निकै सुधार भएको अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । अस्पताल भर्ना भएको केही दिनपछि उनलाई प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । स्वास्थ्य अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आईसीयूबाट वार्डमा सारिएको अस्पतालले जनाएको छ । लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका शाहको स्वाब रिपोर्ट नेगेटिभ आएपछि अक्सिजन दिन छाडिएको छ ।
यस्तै, पूर्व रानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारिएको छ । स्वास्थ्य अवस्थामा उनको लगातार सुधार भइरहेको अस्पतालले जनाएको छ ।पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।

0Shares