खेलकुद

पूर्व राष्ट्रिय खेलाडीलाई सहुलियतमा कर्जा दिइने

0Shares

काठमाडौ,जेठ १५ : सरकारले पूर्व खेलाडीलाई सहुलियतमा कर्जा उपलब्ध गराउने भएको छ । शनिबार भएको आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सक्रिय खेल जीवनमा नरहेका पूर्व राष्ट्रिय खेलाडीहरूलाई व्यवसाय सञ्चालनका लागि सहुलियतमा कर्जा उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।
उहाँले आगामी वर्ष नवौं राष्ट्रिय खेलकुदको आयोजना गर्ने जानकारी दिनुभयो । सरकारले खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड बजेट विनियोजन गरिएको छ ।

0Shares