राष्ट्रिय

पेट्रोलियम पदार्थको मूल्य घट्यो

0Shares

काठमाडौ,असार ३१ : नेपाल आयल निगमले एक / एक रुपैयाँका दरले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । गएरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ एक रुपैयाँका दरले घटाएको हो । पाँच विद्यार्थी सङ्गठनको माग अनुसार एक / एक रुपैयाँ घटाइएको निगमले जनाएको छ । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर एक सय २८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य एक सय ११ रुपैयाँमा पर्नेछ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर बढिरहेको अवस्थामा नेपालमा पनि भाउ बढ्ने कुरालाई ख्याल गरिदिन निगमले आग्रह गरेको छ।

0Shares