राष्ट्रिय

पैसा नभएको बैंकको चेक काट्ने श्रेष्ठ पक्राउ

0Shares

काठमाडौ,साउन ५: पैसा नभएको बैंकको चेक काटेर दिने पेप्सीकोलाली पवित्रा श्रेष्ठ पक्राउ परेकी छिन् । उनलाई केन्द्रिय अनुसन्धान ब्युरोले साउन ४ गते पेप्सीकोलाबाट पक्राउ गरेको हो ।
४४ वर्ष श्रेष्ठले निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उनलाई उच्च अदालत पाटनले २०७७/१२/१ गते दोषी ठहर गरेको थियो । तर उनी त्यस यता फरार रहँदै आएकी थिइन् ।उनलाई अदालतले १४ लाख जरिवाना र ३ दिनको जेल सजाए सुनाएको थियाे ।

0Shares