पोर्चुगललाई पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा
काठमाडौ,असार १४ : स्पेनमा गएराति भएको खेलमा बेल्जियमले पोर्चुगललाई १–० गोलले हराउँदै अन्तिम आठमा पुगेको हो । बेल्जियमको जितमा थोर्गन हजार्डले गरेको गोल निर्णायक बन्यो । उनले खेलको ४२ मिनेटमा गोल गरेका थिए । मेउनियरले हजार्डलाई पास उपलब्ध गराएका थिए । लुकाकु, केभिन डे बुएन र इडिन हजार्डले उत्कृष्ट पास खेलेपछि मुनियरले बल पाएका थिए। जसमा उनले थोर्गन हजार्डलाई पास दिन सफल भए । ५८ मिनेटमा पोर्चुगलका डिएगो जोटाले पाएको अवसरमा गोल गर्न सकेनन् । रोनाल्डोले दिएको पासमा जोटाले हानेको प्रहार क्रसबारबाट बाहिरिएको थियो । अब बेल्जियमले सेमिफाइनल प्रवेशका लागि इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।