राष्ट्रिय

प्रचण्ड नेपाल समूहद्वारा प्रदर्शन:

0Shares

काठमाडौं, १० पुस नेकपाको प्रचण्ड नेपाल समूहले विरोध प्रदर्शन सुरु गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने पूर्व घोषित कार्यक्रमअनुसार नेताहरु माइतीघर मण्डलामा पुगेर प्रदर्शन थालेका हुन् । उनीहरूको प्रदर्शन शान्तिपूर्ण छ।

प्रदर्शनमा प्रचण्ड नेपाल समूहका अध्यक्षहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँगै झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु सहभागी छन् ।प्रदर्शनमा विघटित प्रतिनिधिसभा सदस्यहरुले ‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्ड बोकेका छन् । उनीहरू कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका छन् । प्रतिनिधिसभा भंग गर्नु असंवैधानिक भएको ब्यानरमा लेखिएको छ।

प्रदर्शनमा सहभागीहरूले प्रतिनिधि सभा विघटन खारेज गरु, संवैधानिक कू मान्दैनौुं जस्ता नारा लगाएका छन्।प्रधानमन्त्री ओलीले गत आइतबार प्रतिनिधिसभा भंग गरेका थिए। उक्त कदम असंवैधानिक भन्दै प्रतिनिधिसभा पुनर्स्थापना गर्न दलहरूले माग गरिरहेका छन्।

प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार सर्वोच्च अदालत र निर्वाचन आयोग जाने प्रचण्ड नेपाल समूहको तयारी छ । बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार प्रचण्ड माधव पक्ष शुक्रबारबाट सडक संघर्षमा उत्रिएको हो । त्यसक्रममा माइतिघर मण्डलामा आफ्नो पक्षका सांसदसहित नेता कार्यकर्ता भेला भएर सर्वोच्च अदालत जाँदैछन् ।

यसैगरी शुक्रबारै प्रचण्ड माधव पक्षका केन्द्रीय सदस्यहरु सामुहिक रुपमा निर्वाचन आयोग पनि जादैछन् । आयोगमा पुगेर उनीहरुले नेकपाको आधिकारिकता आफुहरुमै रहेको अवगत गराउने छन् ।

0Shares