राष्ट्रिय

प्रचण्ड-नेपाल समूहको सङ्गठन विस्तारमा तीब्रता

0Shares

काठमाडौ,फागुन १०: प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित छ। ओली र प्रचण्ड-नेपाल पक्ष गरी दुई समूहले बेग्लाबेग्लै गतिविधि गरिरहेका छन्।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले ६८ जिल्लामा आफ्नो निकटका व्यक्तिलाई चयन गरेको छ । प्रचण्ड-नेपाल पक्षले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेको जिल्लाहरूमा नेतृत्व चयन गरेका हुन्।

प्रदेश, जिल्ला कमिटी, केन्द्रीय निकायलाई पूर्णता दिने क्रममा प्रचण्ड-नेपाल समूहले जिल्लामा अध्यक्ष र सचिव चयन गरेको हो ।सो क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३५ जिल्ला र अर्का अध्यक्ष माधवकुमार नेपालका ३३ जिल्लामा आफ्ना निकट अध्यक्ष र सचिव चयन गरेका छन् । काठमाडौं अध्यक्षमा बसन्त मानन्धार र सचिवमा हिमाल शर्मा छन् भने ललितपुरमा अध्यक्ष हरिकृष्ण थापा र सचिव राजकाजी महर्जन छन्।गत माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार रिक्त पदमा पदपूर्ति गर्न केन्द्रीय सचिवालयलाई अधिकार दिएअनुसार जिम्मेवारी दिइएको उक्त समूहले जानकारी दिएको छ।अध्यक्ष द्वय नेपाल र प्रचण्डले गराएको समूहलाई पूर्णता दिन यसअघि परिपत्र जारी गरेका थिए ।सोहि सहमति अनुसार दुवै अध्यक्षले ५०-५० प्रतिशत हुनेगरि पार्टी कमिटी र विभिन्न संगठन विस्तार गर्ने भएका हुन् ।


0Shares