राष्ट्रिय

प्रतिनिधिसभाका २६ जना सांसदमा कोरोना पुष्टी

0Shares

काठमाडौ,वैशाख २५ : वैशाख २२, २३ र २४ गते दुई सय पाँच जना सांसदको पीसीआर परीक्षण गरेको संघीय संसद् प्रतिनिधिसभाका २६ सांसदलाई कोरोना संक्रमण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्वास आफूमा रहेको परीक्षण गराउनका लागि वैशाख २७ गते बोलाएको प्रतिनिधिसभा अधिवेशन अघि संघीय संसद् सचिवालयले गराएको पीसीआर परीक्षण र सांसदहरूले व्यक्तिगत रूपमा गरेको परीक्षणबाट उक्त संख्यामा सांसद कोरोना संक्रमित पाइएका हुन् । जसमध्ये १९ जनामा कोरोना संक्रमण भएको रिपोर्ट आएको संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । १९ जना सांसदमध्ये एक जना राष्ट्रिय सभाका र बाँकी १८ जना प्रतिनिधिसभाका रहेको उनले बताए । संघीय संसद्सँग सम्बन्धित एक हजार दुई सय ३५ जनाको पीसीआर परीक्षण गरिएकोमा भने १ सय ६० जनालाई कोरोना भएको प्रवक्ता पाण्डेले जानकारी दिए । जसमा सांसद संघीय संसद् सचिवालयका कर्मचारी, मर्यादापालक, सांसदका स्वकीय सचिवहरू, सुरक्षाकर्मी, ससदीय बिटमा रिपोर्टिङ गर्ने पत्रकार र संसद् भवन नयाँ बानेश्वरका कर्मचारी रहेका छन् ।

पहिल्यै पीसीआर परीक्षण गराएका थप ८ जना सांसदलाई पनि कोरोना संक्रमण भएको छ । सांसदहरू झलनाथ खनाल, बिना मगर, रघुवीर महासेठ, सुरेशकुमार राई, सुरेन्द्र कार्की (राम कार्की) मन्त्री जुलिकुमारी महतलगायत ८ जनालाई पनि कोरोना संक्रमण भएको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका अझै ५४ सांसदको पीसीआर रिपोर्ट संसद् सचिवालयले प्राप्त गरिसकेको छैन । उनीहरूको पीसीआर परीक्षण भएपछि वा रिपोर्ट प्राप्त भएपछि कोरोना संक्रमित सांसदको यकिन संख्या थाहा हुने संसद् सचिवालयको भनाइ छ । कतिपय सांसद काठमाडौं उपत्यका बाहिर रहेको र उनीहरूलाई अनिवार्य रूपमा पीसीआर परिक्षण गरेर आउन सन्देश पठाइएको संसद्को स्वास्थ्य विभागका अधिकारीले बताएका छन् । केही सांसदले आफैं पीसीआर गराउन गएको जानकारी दिएको अधिकारीले बताएका छन् । वैशाख २२, २३ र २४ गते दुई सय पाँच जना सांसदको पीसीआर परीक्षण गरेको

0Shares