राष्ट्रिय

प्रतिनिधिसभा विघटनविरुद्वको मुद्दामा आज सुनुवाई हुँदै

0Shares

काठमाडौ,जेठ २६ : लगातार दुई दिन स्थगित भएको प्रतिनिधिसभा विघटनविरुद्वको मुद्दामा आज सुनुवाई हुँदैछ । संवैधानिक इजलासमा हुने सुनुवाई आजका लागि पुरक पेशीमा चढेको छ । यसअघि दुई दिन प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर राणा अस्वस्थ भएपछि सुनुवाई स्थगित भएको थियो । सरकारको शिफारिसमा गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधीसभा विघटन गरेपछि परेको रिटमा जेठ १४ गतेबाट सुनुवाई सुरु भएपनि विवादका कारण हालसम्म पनि बहस मूल विषयमा प्रवेश गर्न सकेको छैन ।
गत जेठ १४ गते प्रधानन्यायाधीस राणाले दीपककुमार कार्की, आनन्दमोहन भट्टराई,बमकुमार श्रेष्ठ र तेजबहादुर केसी सहितको संवैधानिक इजलास गठन गर्नुभएको थियो । तर निवेदक पक्षले न्यायाधीस श्रेष्ठ र केसीमाथि प्रश्न उठाएपछि विवाद सुरु भएको थियो । न्यायाधीस केसीसहितको इजलासले नेकपा खारेज गरि एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काइदिएका थिए भने श्रेष्ठले उक्त मुद्वामा पुनरावलोकन निस्सा दिन अस्वीकार गर्नुभएको थियो । विवादपछि प्रधानन्यायाधीस राणाले वरिष्ठताका आधार दोस्रो इजलास गठन गर्नुभएकोमा सरकार पक्षीय कानुन व्यवसायीहरुले विवाद निकालेपछि सुनुवाई अगाडि बढ्न नसकेको हो । नयाँ इजलासमा वरिष्ठ न्यायाधीस दीपककुमार काकी र आनन्दमोहन भट्टराईले इजलास छोड्नुपर्ने सरकार पक्षीय माग रहेको छ ।

0Shares