राष्ट्रिय

प्रतिनिधिसभा विघटन मुद्दामा सकियो बहस

0Shares

काठमाडौ,फागुन ७: प्रधानमन्त्री केपी ओलीले पौष ५ गते गरेको असंवैधानिक कदम वीरुद्द सर्वोच्य अदालतमा परेको मुद्धाको रिट माथिको बहस सकिएका छन्। शुक्रबार क्युरीको तर्फबाट गीता पाठकले अन्तिम बहस गरेकी थिइन्।बहस सकिएपछि संवैधानिक इजलासले फागुन १० गतेसम्म बहस नोट दिन दुबै पक्षका वकिललाई आदेश दिएको छ।

शुक्रबार एमिकस क्युरीका पाँच जना वकिलहरूको बहस सकिएको हो। यसअघि पक्ष र विपक्षका वकिलहरूले विघटन मुद्दामाथि बहस गरेका थिए। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले फागुन ११ गते यो मुद्दा हेर्दाहेर्दैमा हुने बताए।प्रतिनिधिसभा विघटन गरेको रिट निवेदक वकिलको तर्क छ।हेर्दाहेर्दै ११ गते सकियो भने त्यही दिन फैसला हुन पनि सक्छ, १२ गते सकियो भने त्यही दिन पनि फैसला हुन सक्छ,’ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आजको इजलासको उनले भने।

0Shares