राष्ट्रिय

प्रतिनिधि सभा बैठक आज बस्दै

0Shares

काठमाडौ,फागुन २६: प्रतिनिधि सभा बैठक आज बस्दै छ। दिउँसो एक बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा सात वटा अध्यादेश पेस हुने र बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पेस हुने उल्लेख छ ।यसअघि प्रतिनिधि सभा पुनःस्थापना भएपछि फागुन २३ गते प्रतिनिधि सभा बैठक बसेको थियो । आजको बैठकमा अध्यादेश पेश गर्ने कार्यसूची छ ।
प्रतिनिधि सभा पुनःस्थापना पछि बसेको पहिलो बैठकमा सरकारले अध्यादेश पेश गर्न खोजेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जसपा सांसदहरुले विरोध गरेपछि बैठक अबरुद्ध भएको थियो ।बुधबारको बैठकमा पनि बिभिन्न विधेयकहरु पेस गर्ने र दिवंगत सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची छ ।कानुन मन्त्री लिलानाथ श्रेष्ठले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन अध्यादेश पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

0Shares