प्रदेश १ को संसदीय दलको नेतामा भीमप्रसाद आचार्य चयन
काठमाडौं, पुस १६ :नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर भीमप्रसाद आचार्यलाई दलको नेता चयन गरेको हो । प्रदेश १ मा नेकपाका ६७ सांसद रहेकामा ३७ जना सांसदले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।