राष्ट्रिय

प्रधानन्यायाधीशको इजलासमा प्रतिनिधि सभा विघटनका १९ रिटको सुनुवाई आज

0Shares

काठमाडौ,जेठ १३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त नगरेकोलगायत विषयमा सर्वोच्चमा रिट परेका थिए ति रिटहरुमध्य प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधि सभा विघटनबारे राष्ट्रपति कार्यालय शितल निवासलाई विपक्षी बनाइएका १९ रिट आफ्नो एकल इजलासमा राखेका छन् । सर्वोच्च अदालतका अनुसार राणाले आज १९ रिटको सुनुवाइ गर्दै छन् ।
यसअघि सर्वोच्चमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनु पर्नेमा पनि रिट परेका छन् । प्रतिनिधि सभा पुनर्स्थापना भए पनि ओलीलाई नै निरन्तरता दिनुपर्ने मागसहित ४ रिट परेका छन् । कांग्रेस सभापति देउवासहित १४६ सांसदले हालेको सहित ११ वटा रिटको सुनुवाइ शुक्रबार संवैधानिक इजलासमा हुने सर्वोच्चले जनाएको छ । यी रिट हाल्दा नै संवैधानिक इजलासमा सुनुवाइ हुनु पर्ने माग गरिएको थियो ।

0Shares