राष्ट्रिय

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक डाकीयो :

0Shares

१० पुस काठमाडौं : शुक्रबार साँझ मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरे पछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बेलुका ६ बजे बस्ने भनिएको छ । मन्त्रिपरिषद् बैठकमा प्रतिनिधि सभा भङ्ग भएपछिको राजनीतिक घटनाक्रमबारे छलफल हुने आकलन गरीयको छ । यस्तै शुक्रबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । प्रतिनिधि सभा भङ्ग भएपछि असन्तुस्टी जनाउँदै सात जना मन्त्रीले राजीनामा दिएका थिए । यसअघिको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रतिनिधि सभा विघटन गर्न सिफारिस गरेको थियो । त्यसपछि राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा भङ्ग गर्दै आउँदो बैशाख १७ र २७ गते मध्यावधि चुनावको घोषणा गरेकी थिइन् ।

0Shares