राष्ट्रिय

प्रधानमन्त्रीले भने : आउनुस्,केही समस्या भए सँगै बसेर छलफल गरौं

0Shares

काठमाडौ,वैशाख २७ : एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका माधव नेपाल पक्षका सांसदहरुलाई हतारोमा कुनै पनि अनुचित निर्णय नगर्न आग्रह गरेका छन् । सोमबार केहीबेर अघि उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत ओलीले यस्तो आग्रह गरेका हुन् । उनले प्रधानमन्त्रीले विश्वासको मत लिन बैठक बस्न लागिरहेको अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने पनि बताएका छन् ।
‘नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ । त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ’, प्रधानमन्त्रीले भनेका छन्, ‘यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ । तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु । आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।’माधव नेपाल पक्षका २२ संसदले भने आजको बैठकमा सहभागी नहुने निर्णय गरेका छन् ।

0Shares