राष्ट्रिय

प्रधानमन्त्री ओलीद्वारा जनताको नाममा सम्बोधन गर्ने

0Shares

काठमाडौं, ६ पुस प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सोमबार जनताको नाममा सम्बोधन गर्ने भएका छन् । दिउँसो ३ बजे प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने तय भएको नीजि सचिवालयले जनाएको छ । संसद विघटन भएपछि उत्पन्न राजनीतिक संक्रमणको बारेमा स्पष्ट पार्नका लागि उनले सम्बोधन गर्न लागेको बताइएको छ ।

उनले सोमबार नै आफ्ना पक्षका नेता तथा सांसदसँग आफ्नो निवासमा छलफल गरेका थिए । उनले त्यहाँ आफूले बाध्य भएर संसद विघटन गर्न सिफारिस गरेको धारणा राखेका थिए । लोकतन्त्रको रक्षाका लागि आफूले यो कदम चालेको उल्लेख गर्दै उनले जनताले दिएको विश्वास पूरा गर्न नसकेको कारण नयाँ जनादेशमा जाने लागेको कुरा पनि त्यहाँ राखेका थिए ।

0Shares