Uncategorized

प्रधानमन्त्री ओलीले कोरोना खोप लगाएर दोस्रो चरणको खोप अभियान शुरु गरे

0Shares

काठमाण्डौ,फागुन २३: प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । त्रिवि शिक्षण अस्पतालमा उनले पत्नी राधिका शाक्य सहित कोरोना खोप लगाएर दोस्रो चरणको खोप अभियान शुरु गरेका हुन् । उनीसँगै दोश्रो चरणको खोप अभियानमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्ट, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले पनि कोरोना खोप लगाएका छन् । खोप लगाएको केही समयमै खोप केन्द्रबाट निस्किसकेका प्रधानमन्त्री ओलीले खोप लगाएर कोरोना पराजित गर्ने अभियान सफल बनाउन सबैलाई आग्रह गरेका छन्


दोश्रो चरणको अभियानमा ६५ वर्षमाथिका नागरिकलाई कोरोना खोप लगाइँदै छ ।प्रधानमन्त्री ओलीले खोप लगाएपछि दोस्रो चरणको खोप अभियान पनि औपचारिकरुपमा सुरु भएको छ ।

0Shares