प्रधानमन्त्री ओलीले दुई बजे देशवासीका नाममा सम्बोधन गर्ने
काठमाडौ,असार २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउस दुई बजे देशवासीका नाममा सम्बोधन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । ‘प्रधानमन्त्रीको सम्बोधनकै कारण दिउँसो एक बजे हुने भनिएको एमाले स्थायी कमिटीको बैठक स्थगन गरिएको छ,’उनले भने ।
सर्वोच्च अदातलको सोमबारको फैसलाले प्रतिनिधिसभा पुन:स्थापना गर्दै मंगलबार अपराह्नसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश जारी गरेसँगै ओलीले सम्बोधन गर्न लागेका हुन् ।