राष्ट्रिय

प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ बुझाएर फर्किए

0Shares

काठमाडौ,फागुन ६: अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएर फर्किएका छन् ।आफै उपस्थित भएर लिखित जवाफ बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ‘‘उहाँले स्वयं उपस्थित भएर लिखित जवाफ प्रस्तुत गर्नुभएको छ । अदालतप्रतिको उच्च सम्मान प्रस्तुत गर्नुभएको छ,’’ थापाले सञ्चारकर्मीसित भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले न्यायपालिकाको सम्मान कम हुने कार्य गरेँ भनेर कल्पना गर्नु नै दुराग्रहपूर्ण भएको बताएका छन् ।मैलिक हकमा अतिक्रमण हुने गरी अभिव्यक्ति दिएको भन्ने रिट निवेदकको दाबी निराधार भएको समेत प्रधानमन्त्री ओलीले बताएका छन् । उनले आफ्नो लिखित जवाफमा भनेका छन्, ‘यस्तो लोकप्रियताका लागि प्रधानमन्त्रीलाई प्रत्यासी कायम गरी मुद्दा गर्ने जुन आम प्रचलन देखिन्छ, त्यसमा भने नियन्त्रण गर्न जरुरी देखिन्छ ।’हुँदै नभएको वा एक अर्थमा बोलेको कुरा वा शब्दलाई अर्को अर्थ लगाइ, बंग्याइ अदालतको अवहेलनाको मुद्दा हालेको भन्दै उनले यो आपत्तिजनक भएको बताएका छन् ।

0Shares