राष्ट्रिय

प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक धरहराको उद्घाटन

0Shares

काठमाडौ,बैशाख ११: प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक धरहराको आज उद्घाटन गरेका छन् । आज एक कार्यक्रममा पुनर्निर्मित धरहराको उदघाटन गर्ने क्रममा ओलीले अब धरहरा कहिल्यै ढल्दैन भन्दै ओलीले भने,नवनिर्मित धरहरा अब कहिल्यै ढल्दैन् । अब उप्रान्त धरहरा ढल्दैन । त्यो सुनिश्चितता गरेका छौं । अन्तिमपटक २०७२ सालमा धरहरा ढल्यो । त्यसबाट भएको क्षतिप्रति हामी संवेदनशील छौं ।’
यसको खुसीयालीमा काठमाडौंवासीलाई दिपावली गर्नसमेत आग्रह गरेका छन। पेरिसको आईफिल टावर चढेकोअनुभव भएको भन्दै ओलीले भने,‘मलाई अलीअली आइफल टावरचल्दाको स्मरण भयो । आइफल माथि पुग्दा उधुम हावा चल्छ । धरहरामा पनि मान्छे चढेपछि त्यहाँको चिसो हावाले जस्तोसुकै गर्मीमा पनि बेग्लै किसिमको आनन्द दिनेगरी निर्माण भएको छ ।’

0Shares