राष्ट्रिय

प्रधानमन्त्री केपी शर्मा ओली पुगे संसद भवन

0Shares

काठमाडौ,वैशाख २७ : प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन पुगेका छन् । संसदमा विश्वासको मत लिन लागेका प्रधानमन्त्री सवा १ बजेतिर संसद भवन पुगेका हुन् । संसद बैठक १ बजेदेखि सुरु हुने भनिएपनि केहीबेर ढिलाइ भएको छ । अहिले सांसदहरु बैठक हलमा आफ्नो पिसिआर रिपोर्ट मोबाइलमा देखाउँदै प्रवेश गर्ने क्रम जारी छ ।

आजको बैठमा प्रवेश गर्नुअघि यस्तै कोरोना संक्रमित सांसदहरूलाई राख्नका लागि संसद भवन अगाडि पाल टाँगिएको छ । संक्रमित सांसद्हरुलाई मतदान प्रक्रिया प्रयोजनका लागि बेग्लै कोठाको व्यवस्था गरिएको छ । तर, त्यसअघि सांसद्हरुले पालमा आराम गर्न सक्नेछन् । त्यसका लागि पाल बनाइएको हो। सांसद्हरुलाई एम्बुलेन्सबाट संसद् भवनसम्म ल्याइएको थियो ।

0Shares