राष्ट्रिय

प्रधानमन्त्री के पी ओली पुगे विराटनगरमा

0Shares

काठमाडौ,फागुन ९: नेकपा ओली समूहले विराटनगरमा विभिन्न जिल्लाबाट आएका कार्यकर्ता तथा सहभागीलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं समूहका अध्यक्ष केपी शर्मा ओलीले भनेका छन्, ‘कुनै प्रकारको षड्यन्त्र, सेटिङ भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ। प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासले फैसला गर्नुपूर्व देश निर्वाचनमा गइसकेको सन्देश दिनशनिबार सभा गर्‍यो । प्रदेशका ’यसअघि प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड-माधव समूहले प्रयोग गरेको शब्दको हो- सेटिङ । ओली समूहका नेताहरुले देशभर नै ‘हाम्रो सबैतिर सेटिङ भइसकेको छ, संसद विघटन सदर हुन्छ, सूर्य चुनाव चिन्ह पनि हाम्रै हुन्छ’ भन्दै हिँडेको भन्दै प्रचण्ड-माधव समूहका शीर्षनेताहरुले खबरदारी गर्दै आएका छन् । शनिबार बिराटनगरमा ठीक उल्टो सुनियो । चुनाव हुन्छ-हुन्छ भन्ने दाबी गरेका प्रधानमन्त्री ओलीले ‘सेटिङ’मा संसद पुनस्र्थापना भए आन्दोलन गर्ने चेतावनी दिए । ओलीले भने, यदि कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिकडम केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ । फेरि पनि हामी त्यस्ता शक्तिलाई पराजित गर्छौं ।’

सांसद किनबेच तथा सरकार बनाउने-ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई नै कमजोर बनाउने दाबी गरेका छन् । देशलाई अस्थिरतातिर फर्काउने होइन भन्दै उनले भने, ‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला, यस्ता सभाहरुबाट प्रकट भएको जनताको अभिमत हरेको होला ।’ओलीले अगाडि भने, ‘संविधानको मम र भावना हेरेको होला । मुलक कता जान्छ भन्ने विश्लेषण गरेकै होला ।’प्रधानमन्त्री ओली सभास्थलमा पुग्दै गर्दा पूर्वसभामुख समेत रहेका ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको र फागुन ११ देखि १५ गतेभित्र फैसला आउने सुनाइरहेका थिए । ‘२-४ सिटमा सिमत हुने प्रचण्डलाई एउटा जुरो हालिदिएको थिएँ । फेरि सिङ हालिदिएको थिए’ उनले भने, ‘लामा सिङ भएपछि उहाँमा अहंकार चढ्यो । अब उहाँको नियति असफलता बाहेक केही हुन सक्दैन ।’‘प्रचण्डजीको त मलाई माया लाग्छ, पहिले उहाँसँग बैद्य हुनुहुन्थ्यो,’ उनले अघि भने ‘बैद्यले छाड्नुभयो । त्यसपछि डाक्टर लिनुभयो, डाक्टरले पनि छाड्नुभयो । अहिले त झाँक्री लिनु भा’को छ, झाँक्रीले अब बचाउन सक्दैन ।’ उनले झाँक्री भनेर प्रचण्ड-माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई कटाक्ष गरेका हुन् ।

0Shares