राष्ट्रिय

प्रधानमन्त्री देउवा र पुष्पकमल दाहाल बीच मनमुटाब सुरु

0Shares

काठमाडौ,साउन ६: प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको प्रस्ताव ठाडै अस्वीकार गर्नुभएको छ । प्रचण्डले संबिधानमै नभएको गैरसंबैधानिक उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको प्रस्ताव र नेतृत्व खोजेपछि प्रधानमन्त्रीले ठाडै अस्वीकार गर्नुभएको हो ।बालुवाटार स्रोतले दिएको जानकारीअनुसार आज बिहानको छलफलमा प्रचण्डले माधव नेपाल र उपेन्द्र यादव सहमत भइसकेको भन्दै सरकार सञ्चालनदेखि कोरोनाबिरुद्धको लडाईं जित्नका लागि उच्चस्तरीय संयन्त्रको प्रस्ताव गर्दै त्यस्को नेतृत्वमा आफू हुनुपर्ने प्रस्ताव गर्नुभएको थियो । प्रचण्डको सो प्रस्तावलाई प्रधानमन्त्री देउवाले ‘यो कसरी हुन्छ,यस्तो त हुँदै हुन्न’ भन्दै ठाडै अस्वीकार गर्नुभएको बालुवाटार स्रोतले जनताटाइम्सलाई बतायो । प्रधानमन्त्री देउवालाई भेटनुअघि प्रचण्डले कोटेश्वरमै पुगेर माधव नेपालसँग छलफल गर्नुभएको थियो भने माधव निवासमै उपेन्द्र यादवसँग समेत बार्ता गर्नुभएको थियो ।
बार्तालगत्तै बालुवाटार पुगेर संबिधानले परिकल्पना नै नगरेको गैरसंबैधानिक संयन्त्र बनाउन भनेपछि देउवा झस्कनु भएको बालुवाटार स्रोतको भनाई छ । स्रोतका अनुसार प्रचण्डले आफूलाई नहुने कुरामा जिद्धि गरेर फसाउन खोजेको भन्दै आफू निकट केही नेतासँग देउवाले आक्रोश पोख्नुभएको छ । ‘यस्तो हुँदै नहुने कुरा पनि गरेर हुन्छ भन्या ?प्रचण्ड त मलाइ नै काम गर्न नदिने त्यो संबिधान बिरोधी संयन्त्र पो भन्छ, कसरी मान्ने यस्तो कुरा ?’ आफू निकटसँग प्रधानमन्त्री देउवाको भनाई उधृत गर्दै स्रोतले जनताटाइम्ससँग भन्यो ।त्यसो त देउवाले माधव र उपेन्द्रसँग मिलेर प्रचण्डले आफूबिरुद्ध कुनैपनि बेला षडयन्त्र गर्न सक्ने आशंकासमेत जनाउनु भएको स्रोतले जनायो । आजको छलफलमा प्रचण्डले सरकारले गर्ने हरेक निर्णय आफ्नो पूर्वजानकारीमा हुनुपर्नै थप दवावसमेत दिनुभएको छ ।‘सरकारको निर्णय पहिला मेरो जानकारीमा हुनुपर्छ, क्याबिनेटमा हुने निर्णय मेरो जानकारीमा नभई हुनुहुन्न,’ प्रधानमन्त्री देउवासँग प्रचण्डको प्रस्ताव थियो, ‘केपीसँग यही कुराबाट झगडा सुरु भएको हो, यो कुरा तपाईबाट नहोस ।’ बालुवाटार स्रोतका अनुसार प्रचण्डको यो प्रस्तावप्रति पनि देउवा रिसाउनु भएको छ ।यस्तै प्रचण्डले आफ्नो पार्टीका मन्त्रीहरुले ल्याएको सवै प्रस्ताव आफूसँग सल्लाह गरेर मात्रै आउने भन्दै मन्त्रिपरिषदबाट सहजै पारित गर्नुपर्ने बताएपछि देउवा निकै सशंकित बन्नुभएको बालुवाटार स्रोतको भनाई छ ।

0Shares