राष्ट्रिय

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरू

0Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सर्वदलीय बैठक सुरू भएको हो ।बालुवाटारमा भइरहेको बैठकमा सभापति शेरबहादुर देउवासहित कांग्रेस शीर्ष नेता, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, नेमकिपाका प्रेम सुवाल, राप्रपाका प्रकाशचन्द्र लोहनी लगायत सहभागी भएका छन् ।
त्यस्तै, बैठकमा प्रधानमन्त्री ओलीसँगै उनको समूहका नेता ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङलगायत सहभागी छन् ।तर, जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेता भने बैठकमा सहभागी नभएको बताइएको छ ।

0Shares