बैंक तथा वित्तिय

प्रभु लाइफकाे आईपीओ आज बाँडफाँड हुदै:

0Shares

प्रभु लाइफ इन्स्योरेन्स (PLIL) को आईपीओ आज शुक्रबार बाँडफाँड हुदैछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलकाे कार्यालयमा बिहान ११ बजे आईपीओ आज शुक्रबार बाँडफाँड हुने भएकाे हाे ।
कम्पनीको आईपीओमा १० लाख ८२ हजार आबेदनबाट २ करोड ९३ लाख कित्ता शेयरको लागि २ अर्ब ९३ करोड रुपैयाँ बराबरको आबेदन परेको छ । कम्पनीले सर्वसाधरणलाई निष्काशन गरेको ५४ लाख कित्ताको यो ५.४२ गुणा बढी हो ।
कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले निष्काशनमा ल्याएको थियो ।
माग भन्दा बढी आबेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले शेयर बाँडफाँड हुनेछ । त्यस अनुसार ५ लाख ४० हजार आवेदकले मात्रै न्युनतम १० कित्ता पाउनेछन् छन् भने बाँकी अर्थात ५०.१० प्रतिशत आबेदकको हात खाली हुनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

0Shares