राष्ट्रिय

फागुन पहिलो साताबाट संयुक्त जनआन्दोलन हुन्छ : प्रचण्ड

0Shares

काठमाण्डौ, माघ २२ : नेकपा प्रचण्ड–माधव पक्षले आह्वान गरेको हडताल सफल पार्न सडकमा उत्रिएका उक्त्त पक्षका अध्यक्ष पुष्पष्कमल दाहाल प्रचण्डले फागुन पहिलो साताबाट संयुक्त जनआन्दोलन गर्नेगरी नेपालि काँग्रेस, राजपासहित अन्य दल संग छलफल चलिरहेको बताएका छन् । बिहीबार आमहड्तालका क्रममा सडकमा उत्रिएका प्रचण्डले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै भने, ‘निरंकुशताविरुद्ध अझै ठूल्ठूला आन्दोलनमा जान्छौँ । सम्भवतः फागुनको पहिलो सातादखि संयुक्त जनाआन्दोलन हुन्छ । केपी ओलीको आयु सकिन्छ । निरंकुशताका पक्षपातीलाई बढार्छ ।’अहिले भएको संघर्ष जनता र लोकतन्त्रको लागि भएको भन्दै प्रतिगमनविरुद्धको आन्दोलनमा जनताले साथ दिन्छन् भन्नेमा आफूहरुको विश्वास रहेको बताए ।


सरकारले जसरी संविधान मिच्ने र दिउँसै रात पार्ने काम गरेको छ यसले लोकतन्त्र र गणतन्त्रमाथि प्रहार भएको छ’, प्रचण्डले भने ।


सरकार आफैंले जुलुस निकाल्ने गरेकोप्रति कटाक्ष गर्दै प्रचण्डले यसलाई पञ्चर्यालीको संज्ञा दिए । ‘हिजो पञ्चहरुले त्यसै गर्थे । ठूलाठूला पञ्चर्याली हुन्थे । त्यो निभ्ने बेलाको बत्ती थियो’, प्रचण्डको टिप्पणी थियो ।

ओलीले संविधान मिच्दै हिजो असंवैधानिक ढंगले संवैधानिक परिषदमा पदाधिकारीहरुलाई शपथ गराएको भन्दै यसलाई आफूले जंगली राजा जस्तै भएको ठानेको बताए । उनले आफूहरुको आन्दोलनमा नेपाली जनता साथमा रहेको पनि बताए ।

0Shares