राष्ट्रिय

फागुन ३ गते नेपाली काँग्रेसले देशभर प्रदर्शन गर्ने

0Shares

काठमाडौँ,माघ २५: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटनको असंवैधानिक तथा अलोकतान्त्रिक कदमका विरुद्धको प्रदर्शनलाई व्यापक बनाउन आग्रह गरेका छन् ।शनिवार संसद् विघटनको विरोधमा पार्टीका १८ शुभेच्छुक संस्थाले देशभर गरेको विरोध प्रदर्शनपछि विज्ञप्ति जारी गर्दै देउवाले फागुन ३ मा ७७ वटै जिल्लामा हुने प्रदर्शनलाई झनै व्यापक बनाउन भनेका छन।

‘प्रदर्शनले के.पी. शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड-१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जनभावना अभिव्यक्त गरेको छ,’ देउवाद्वारा शनिवार जारी विज्ञप्तिमा भनिएको छ ।‘पूर्व घोषणा अनुरूप फागुन ३ गते नेपाली काँग्रेस जिल्ला कार्यसमितिहरूद्वारा गरिने विरोध प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउन समेत सबैमा अपिल गर्दछु ।’ देउवाले भनेका छन् ।

0Shares