बिजनेस

फूडमाण्डुको बिल आइएमई पेबाट भुक्तानी गर्न सकिने

0Shares

काठमाडौ,चैत ३: आजको युग सुचना तथा प्रबीधीको युग हो। आम मानीस हरु आफ्नो ब्यस्त समयलाई सदुपयोग गर्न वीभीन्न प्रबीधीको प्रयोग गरेका हुन्छन। मानीसलाई खाना देखी लीएर दैनीक आबस्यक पर्ने सम्पुर्ण किसीमका सामान हरु घर घरमा पुर्याउने ब्यबस्था समेत रहेको छ। ‘आइएमई पे’ र फूडमाण्डुबीच सम्झौता भएको छ । सम्झौता अनुसार अनलाइन फुड डेलिभरी सेवा प्रदायक कम्पनी फूडमाण्डुबाट खरिद गर्दा सेवाग्राहीहरुले अबदेखि आइएमई पे एप मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने छन् ।


फूडमाण्डुका ब्राण्ड, मार्केटिङ्ग तथा बिक्री प्रमुख श्यामरत्न मालीले फूडमाण्डुबाट खरिद गर्दा ‘आइएमई प’े मार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास ब्यक्त गरे ।फूडमाण्डु र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच भएको सम्झौता पश्चात अबदेखि आइएमई पेको भुक्तानी सेवा फूडमाण्डुको एप र वेब दुबैमा शुरु गरिएको हो ।उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका बजार प्रमुख गुण श्रेष्ठले फूडमाण्डुमा ‘आइएमई प’े को भुक्तानी सेवा संगै २५ प्रतिशत क्यास ब्याकको योजना पनि शुरु भएको हुँदा आइएमई पेबाट भुक्तानी गरी सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विस्वस्त रहेको बताए ।

0Shares