राष्ट्रिय

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

0Shares

काठमाडौ,जेठ २३ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बढाएको हो ।
काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ, डिजेल तथा मट्टितेलको १०८ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको छ । निगमले भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण निगमको घाटा चुलिएकोे र मूल्य समायोजनको विकल्प नभएको दाबी निगमको छ ।

0Shares