राष्ट्रिय

बजारमा पुस्तकको अभाव

0Shares

काठमाडौ,चैत ९: पुस्तकमा लगाइएको करका कारण ज्ञान नै बन्धक भएको भन्दै पुस्तक प्रेमी तथा पुस्तक बिक्रेताहरुले लामो चरणबद्ध आन्दोलन गरेका थिए । तर व्यवसायीको माग सुनुवाइ भए पनि बजारमा पुस्तकको अभाव भए जसरी आयात भएको भने देखिएको छैन् । कोभिडका कारण शैक्षिक संस्था नचल्दा पुस्तकको आयात घटेको दाबी राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघको छ । सबै शैक्षिक संस्था ठप्प हुँदा पुस्तक आयात खस्किएको संघका अध्यक्ष लिखत प्रसाद पाण्डे बताउँछन् । ‘सरकारले करको मुद्दा समाधान गरेको छ, पुस्तक ल्याउन कठिनाइ छैन् ।
‘तर यहाँ पुस्तकको माग पहिले जस्तो छैन्,’ अध्यक्ष पाण्डेले भने । कर हटाउने सरकारी नीतिलाई नेपाल मुद्रण व्यवसायी महासंघले स्वदेशी मुद्रण उद्योग धरासायी बनाउने खेल भएको आरोप लगाएको थियो । कर बढाउने सरकारी नीतिले नेपाली छापाखानामा नेपाली किताबहरु छापिन सुरु गरेको, अवैध रुपमा भारतमा हुने गरेको कारोबार रोकिएको दाबी मुद्रण व्यवसायीहरुको थियो । कर लागेका कारण आयात गर्नै नसकेको भन्ने अवस्था नभए पनि सरकारले उद्योगीको कुरा नसुनेर व्यवसायीको कुरा सुनेको मुद्रण व्यवसायी महासंघका अध्यक्ष शंखर खड्का बताउँछन् । ‘नेपाली तथा विदेशी पुस्तक नेपालमै छापियोस् र हाम्रो मुद्रण उद्योगको गुणस्तर फैलियोस् भन्ने थियो तर सरकारले सुनेन,’ अध्यक्ष खड्काले भने । पछिल्लो आयात विवरणले पुस्तक आयातमा कर घटाउनु पर्ने कारण नै नभएको कुरा सरकारले सुन्नु पर्ने उनले बताए ।

0Shares