पुंजीबजार

बजार हरियाली हुँदा सेयर बजारको पुँजीकरणमा समेत नयाँ रेकर्ड कायम

0Shares

काठमाण्डौ, पुस २६: साताको पहिलो दिन आइतबार सेयर बजार ४१ अंक भन्दा माथिले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ४१ दशमलव २४ अंकले बढेर १ हजार २ सय ३५ दशमलव ७२ अंकमा पुगेको छ ।बजार हरियाली हुँदा सेयर बजारको पुँजीकरणमा समेत नयाँ रेकर्ड कायम भएको छ । आयतबार सेयर बजारको पुँजीकरण ३० खर्ब ११ अर्ब ४१ करोड ६७ लाख रुपैयाँ नाघेको छ ।

दिनभर ६ अर्ब ३२ करोड ६६ लाख लाख रुपैयाँ भन्दा धेरै भएको छ । नेप्सेमा कारोबार हुने सबै उपसमूहहरु उकालो लागेका छन् भने जीवन बिमा समूह भने १७ अंक भन्दा धेरैले ओरालो लागेको छ ।

0Shares