राष्ट्रिय

बरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै स्थान नरहेकाे निर्णय

0Shares

काठमाडौ,साउन ४: नेकपा एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै स्थान नरहेकाे निर्णय गरेकाेछ ।प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएकाेमा माधव कुमार नेपाललाई गद्दार घोषणा गर्दै अब नेपाल लाई पार्टीमा कुनै स्थान नरहेकाे निर्णय गरेकाे छ।
ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा चालू नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा माधव नेपाललाई कार्वाही गर्ने निर्णय गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाकाे पक्षमा मतदान गर्ने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरिएको पार्टी केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताए ।माधव नेपाल गद्दार हुन यिनलाई नेकपा एमालेकाे ढाेका सदाका लागि बन्द भयाे केन्द्रीय कमिटीको निर्णय जानकारी दिदै भट्टराईले भने।अध्यक्ष केपी शर्मा ओलीले गरेकाे उक्त प्रस्तावमा केन्द्रीय सदस्यहरूको पुर्ण समर्थनमा निर्णय भएकाे थियो । आइतबार राति संसदमा भएको मतदानमा २२ जनाले देउवाका पक्षमा माधव नेपालसँगै फ्लोर क्रस गरेका थिए।बैठकले बिघटित कार्यदलकाे १० बुदे प्रतिवेदन स्वीकार गर्दै पुर्ण रुपमा कार्यान्वयनमा लैजाने र साेही अनुसार अगाडि बढने निर्णय गरिएको भट्टराईले बताए। बैठकले देउवा नेतृत्वकाे बर्तमान सरकारबाट जनअपेक्षा पुरा गर्न नसक्ने निष्कर्ष एमालेकाे छ।”याे सरकारले जनताका अपेक्षा अनुसार अगाडि बढन सक्दैन भन्ने देखिएकाे छ, सरकार गठन संगै अपराधीहरुले शिर ठाडाे पार्न थालेका छन् “एमालेको बैठककाे निष्कर्ष रहेकाे छ। बैठक पुनः मंगलबार दिउसो ३ बजे पुनः बस्नेछ ।

0Shares