राष्ट्रिय

बसन्तपुरमा होली पर्व सुरु भएको जनाउ दिन चीर ठड्याइयो

0Shares

काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइएको छ ।

बिहान ७ बजेर ५७ मिनेटको साइतमा बसन्तपुरस्थित हनुमानढोका दरबारको दक्षिण पटाङगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको रंगीविरङगी होली चीर ठड्याइएको हो ।

चीर ठड्याएसँगै काठमाडौंलगायत देशभर औपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ । चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाई गरिएको थियो ।

होली पर्वको शुभारम्भ भएको जनाऊ दिन बसन्तपुरमा चीर ठड्याउने गरिएको पौराणिक मान्यता रहेको छ ।

उनले होली पर्व भगवान कृष्णले गोपीनीहरु नुहाउन गएका बेला उनीहरुको कपडा हरण गरी रुखमा झुण्डयाएकाले सोही स्मरणको रुपमा पनि मनाउने गरिएको जनविश्वास छ ।

होली पर्वलाई बसन्त ऋृतिको आगमनको खुसीयालीमा रंगसहित मनाउने पर्वको रुपमा लिने गरिएको छ ।

फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूणिर्मासम्म होली पर्व मनाउने गरिन्छ ।

यसवर्ष काठमाडौंलगायत पहाडी जिल्लाहरुमा फागुन २६ गते सोमबार र तराई मधेसका जिल्लाहरुमा २७ गते मंगलबार होली पर्व परेको छ । होलीमा सरकारले सार्वजनिक विदा समेत दिने गरेको छ ।

Source:Imagekhabar.com

0Shares