राष्ट्रिय

बाढी पहिरोका कारण पछिल्लो १९ दिनमा ३३ को मृत्यु

0Shares

काठमाडौ,असार १८: पछिल्लो अद्यावधिक सरकारी विवरण अनुसार गत जेठ ३१ यता नेपालमा मनसुनजन्य १७८ घटना भएका छन्।त्यसमा हालसम्म ३३ जनाको मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन्। घाइतेको सङ्ख्या ३२ पुगेको छ।वर्षाका कारण भएका विभिन्न विपद्का घटनाहरूमा ४८३ घरहरू पूर्ण रूपमा क्षति भएका छन् भने ११२ घरहरूमा आंशिक क्षति भएको छ।
त्यस्तै ३६ वटा सरकारी कार्यालय, ६ वट सामुदायिक भवन / विद्यालय, २२ वटा झोलुङ्गे पुल, १३ वटा पक्की पुल र त्यति नै सङ्ख्यामा जलविद्युत आयोजना, पाँच वटा सवारी गुड्न योग्य काठका पुल र दुई वटा ब्याङ्क तथा वित्तीय संस्थामा क्षति भएको विवरण प्राप्त भएको छ।

0Shares