राष्ट्रिय

बालुवाटार बैठकमा टोपवहादुर पहिलो वक्ता, प्रचण्डले अनैतिक काम गरेको आरोप:

0Shares

काठमाडौं । बालुवाटारमा जारी केपी ओली नेतृत्वको नेकपा केन्द्रीय कमिटी बैठकमा पूर्व माओवादीतर्फका नेता टोपवहादुर रायमाझीलाई पहिलो वक्ता बनाइएको छ ।
ओलीले अध्यक्षता र महासचिव विष्णु पौडेलले सन्चालन गरेको बैठकको शुरुमै रायमाझीलाई स्वागत मन्तव्य व्यक्त गर्न समय दिइएको एक केन्द्रीय सदस्यले बताए ।
बैठकमा सहभागीहरुलाई स्वागत गर्दै स्थायी कमिटी सदस्य रायमाझीले आफ्नो पार्टीको अध्यक्षले नेतृत्व गरेको सरकारलाई घेराबन्दी गरेर पार्टी फुटाउने काम प्रचण्डलेनै गरेको बताएका छन् । रायमाझीको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने– यस्तो संसारमा कहिँ पनि हुँदैन ।
आफ्नै अध्यक्ष प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव छापामार शैलीमा लैजाने भन्ने पनि हुन्छ ? यस्तो अनैतिक नेतृत्वलाई कसरी साथ दिन सकिन्छ ? त्यसैले हामीले प्रचण्डसँगको लामो सहकार्य छाड्न बाध्य भयौं ।

0Shares