अन्तराष्ट्रिय

बिग बोसको १४औं सिजन जितिन् रुबिना दिलैकले

0Shares

काठमाडौ,फागुन १०: भारतको चर्चित रियालिटी शो बिग बोसको १४औं सिजन रुबिना दिलैकले जितेकी छन् । रुबिना यसअघि टिभी सिरियल ‘छोटी बहू’ की चर्चित अभिनेत्री थिइन्। उक्त जितसँगै रुबिनाले ३४ लाख भारु नगद प्राप्त गरेकी छन्। राहुल वैद्य बिग बोसको फर्स्ट रनर अप बनेका छन् । बिग बोसको यस सिजनमा रुबिनाको दम्पत्ती नै प्रतिस्पर्धी थिए । उनका पति अभिनव शुक्ला पनि सिरियल ‘छोटी बहू’ बाटै चर्चामा आएका कलाकार हुन् ।

यस्तै निशान्त सिंह मलकानी, राखी सावन्त, जस्मिन भसीन, सारा गुरपाल, पवित्रा पुनिया, जान कुमार सानु, शहज़ाद देओल, निक्की तंबोली र एजाज खान समेत बिग बोसमा थिए । बिग बोसको अघिल्लो सिजन भने सिद्धार्थ शुक्लाले जितेका थिए । त्यस्तै आसिम रियाज फर्स्ट रनर अप बनेका थिए ।बिग बोस कार्यक्रम सन्चालक सलमान खानले विजेताको नाम घोषणा गर्नुअघि सबै प्रतियोगीहरुलाई १४ लाख रुपैयाँ लिएर शो छोड्ने विकल्प दिएका थिए । सोचेर निर्णय लिन ३० सेकेण्डको समय दिइएको थियो ।कलाकार राखी सावन्तले १४ लाख लिएर शोबाट विदा हुने निर्णय लिएकी थिइन्

0Shares