राष्ट्रिय

बीपीले देखाएको बाटोमा हिँड्नुपर्छ : प्रकाशमान सिंह

0Shares

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बीपी कोइरालाले देखाएको बाटोमा हिँड्ने सकेमात्रै बिपीको सच्चा सम्मान हुने बताएका छन्। बीपी स्मृती दिवसको अवसरमा एक विज्ञप्ती जारी गर्दै उनले बीपीले देखाएको देश र जनतालाई सर्वोपरी ठान्ने, संविधानवाद र प्रजातन्त्रको बाटोमा हिँड्ने र गलत कुरामा कसैसँग सम्झौता नगर्ने कुरा नेपाली कांग्रेसले पनि आत्मसात गर्नुपर्ने बताएका हुन्।

सिंहले नेपाली जनतालाई स्वतन्त्रता प्रदान गर्दै प्रजातन्त्रको दियो बालेर रैतीबाट नागरिक बनाउनका लागि बीपीले गरेको योगदान सधैं स्मरणीय रहने समेत बताएका छन्।सिंहले मुस्लिम धर्मावलम्बीहरूलाई बकर इदका अवसरमा शुभकामना समेत व्यक्त गरेका छन्।

0Shares