राष्ट्रिय

बुटवलको जितगढीमा कोभिड अस्पताल संचालन

0Shares

काठमाडौ,जेठ १८ : बुटवल उपमहानगर पालिका वडा न.१३ जितगढीमा अवस्थित एडमण्ड सिटी हस्पिटलले अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरेको छ । यस अस्पतालमा भेन्टिलेटर सहित ८ शय्याको आईसीयु, ७ शय्याको एचडीयु र ३५ आइसोलेशन शय्या रहेका छन् । कोभिड अस्पतालमा कन्सल्ट्यान्ट फिजिसियन ४ जना, मेडिकल अफिसर १० जना, नर्स ३८ जना, प्यारामेडिक्स २२ जना र अन्य गरी १४० जना जनशक्तिलाई खटाइएको अध्यक्ष प्रकाश रानाले बताए ।
‘कोरोना संक्रमति विरामीले अझै पनि बेड र अक्सिजन नपाएको अवस्था छ, यसैलाई मध्यनजर गरी कोरोना संक्रमण अन्त्य नहुँदासम्मखअस्पतालमा कोरोना संक्रमितको मात्रै उपचार गर्ने छौं’-अध्यक्ष रानाले भने-‘निजी भएपनि सरकारले तोकेको भन्दा महंगो शुल्क लिंदैनौं ।’बुटवलमा एक बिगाहा क्षेत्रफलमा सञ्चालनमा आएको यो नै पहिलो नीजि अस्पताल हो। सरकारले जारी गरेको सबै प्रकारका मापदण्ड पूरा गरेर सञ्चालनमा ल्याइएको अस्पतालमा फिभर क्लिनिक, इमर्जेन्सी सेवा, प्रयोगशाला, एक्सरे तथा फार्मेसी २४ सै घण्टा सञ्चालन गरिने अस्पतालले जनाएको छ ।कोरोना महामारी नियन्त्रण पश्चात अस्पताललाई ट्रमा, न्यूरो तथा क्यान्सर रोग उपचार केन्द्रका रुपमा विशेषज्ञ सेवासहित सञ्चालनमा ल्याइने कुरा अस्पतालले जनाएको छ ।

0Shares