राष्ट्रिय

बुटवलमा के खोल्ने, के नखोल्ने, कस्को सवारी नचल्ने ?

0Shares

बुटवल उपमहानगरपालिकाले लकडाउनको समयमा दुरी कायमगरी निश्चित प्रकृतिका पसल संचालनको समय तालिका सार्वजनिक गरेको छ । त्यसैगरी कस्को सवारी साधन चल्न पाउने र नपाउने भन्ने बिषय पनि खुलाएको छ ।

उपमहानगरले आईतबार एक सूचना जारी गरी पसलहरुलाई ४ समुहमा बर्गीकरण गरी उक्त जानकारी गराएको हो । लकडाउनको समयमा भिडभाड कम हुने अपेक्षासहित उपमहानगरले पसल खोल्ने समयतालिका फरक गरेको जनाएको छ ।

बुटवल उपमहानगरपालिकाका अनुसार चामल, दाल, नुनतेल, तरकारी तथा फलफूल पसल खोल्ने समय बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म तोएिको छ ।

बीउविजन, पशुपंक्षीको दाना, एग्रोभेट, भेटेनरी औषधि पसल र नर्सरीका लागि पनि बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोएिको छ ।
दुध, दुग्धजन्य पदार्थ तथा डेरी पसलका लागि विहान ६ देखि ८ बजे र बेलुका ५ देखि ७ बजेको समय छुट्याइएको छ ।

सबै प्रकारका औषधी पसलहरु भने जुनसुकै सममा खोल्न सकिने उपमहानगरले जनाएको छ ।

लकडाउनको समयमा विद्यालय, गैरखाद्य सामग्री पसल, होटल, रेष्टुरेण्ट, शैलून, व्यूटिपार्लर, सिनेमा हल, जिमखाना खोल्न पाईने छैन् ।

सवारी साधानहरुमा स्वास्थ्य, सरसफाई, सुरक्षा, विद्युत, खानेपानी र सरकारी काममा हिडेका सरकारी कर्मचारीले प्रयोग गरेका सवारी साधन बाहेक पास नभएका कुनैपनि सवारी साधन चलाउन नपाईने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।

Source:Butwaltoday.com

facebook sharing button

0Shares