बैंकका कर्मचारीलाई सवारी पास आवश्यक नपर्ने
काठमाडौ,वैशाख १७ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले बैंक, वित्तीय संस्था, बिमा लगायत नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने कर्मचारीलाई सवारी पास आवश्यक नपर्ने जनाएको छ।
प्रशासनले बिहीबार एक विज्ञप्ति जारी गर्दै यात्रा गर्दा कही कतै अवरोध भएमा सहजीकरणका लागी नेपाल प्रहरी १०० र १०३ मा फोन गर्न आग्रह गरेको छ।