अन्तराष्ट्रिय

ब्यापारी हरुले गरे भारत बन्द

0Shares

काठमाडौ,फागुन १४: सबै नेपालीको मुखमा सधै एउटा कुरा हुन्छ नेपालमा नेपाल बन्द जस्तै अरु कुनै देशमा बन्द हुन्छ होला त? हामीलाई लाग्दछ नेपालमा मात्रै बन्द हड्ताल हुन्छ यो सोच गलत साबीत भएको छ। अहीले हाम्रो छिमेकी देश भारतमा व्यापारीहरुले ‘भारत बन्द’को घोषणा गरेका छन् । भारतका सबै जसो व्यापारीहरुले विभिन्न माग राख्दै भारत बन्दको घोषणा गरेका हुन् । वस्तु एवं सेवा कर , पेट्रोल र डिजेलको मूल्यवृद्धि, ई-वे बिललगायतको विरोध गर्दै व्यापारीहरुले आन्दोलनको घोषणा गरेका हुन् । आन्दोलनमा ४० हजार व्यापारिक सङ्घका झण्डै ८ करोड व्यापारी सहभागी रहेका छन् ।अखिल भारतीय व्यापारी सङ्घ (सीएआइका)को पहलमा भएको बन्दलाई समर्थन गर्दै अल अफ इन्डिया ट्रान्सपोर्ट वेलफेयर एशोसिएसनले बिहान ६ देखि ८ बजेसम्म चक्काजाम गरेको थियो । नयाँ ई-वे बिलयुक्त कारोबार रोकथाम तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताका लागि आफूहरुले आन्दोलन गरेको ट्रान्सपोर्ट एशोसिएसनका राष्ट्रिय प्रवक्ता महेन्द्र आर्यको भनाइ छ ।बन्दका कारण भारतका धेरैजसो व्यापारिक क्षेत्र ठप्प भएका छन् । बन्दका कारण यातायात सेवा बिहान ६ बजेदेखि ८ बजेसम्म मात्रै चलेका थिए भने ई-बिलयुक्त सामानको बिक्री प्रभावित भएको छ । 

0Shares