खेलकुद

भएन कुनै कार्यक्रम भलिबल दिवसमा

0Shares

काठमाडौ,जेठ ८ : सरकारले २०७४ साल जेठ ८ गतेका दिन भलिबललाई राष्ट्रिय खेलको रुपममा मान्यता दिएको थियो । सरकारले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएको आज ८ वर्ष पूरा भएको छ । यस वर्ष भलिबल दिवसका अवसरमा कुनै औपचारिक कार्यक्रम नहुने भएको छ । अघिल्लो वर्ष पनि भलिबल दिवसको दिन औपचारिक कार्यक्रम गरिएको थिएन ।
सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको दिनको सम्झनामा नेपाल भलिबल संघले दिवस मनाउन सुरु गरेको हो कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन घोषणा गरेकाले भलिबल संघले कुनै औपचारिक कार्यक्रमको आयोजना नगरिने बताएको छ । नेपालमा भलिबलको क्रेज जति छ त्यसै अनुसारको प्रतियोगिताहरु पनि भइरहेका छन् ।

0Shares