भवन र हलको सरसफाइ, कुर्सी व्यवस्थापन काम सकीयो
काठमाडौ,फागुन १२: सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेको भोलिपल्टै संसद सचिवालयले बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन र हलको सरसफाइ, कुर्सी व्यवस्थापन लगायतका काम सकेको छ । प्रतिनिधिसभा बैठक सञ्चालनका लागि संघीय संसदको भौतिक तयारी पूरा भएको छ। संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार ‘बुधबार बिहान महासचिव भारतराज गौतमसहित सचिवालयका कर्मचारीले प्रतिनिधिसभा बैठक सञ्चालनको आन्तरिक तयारीबारे छलफल गरेका थिए । सर्वोच्च अदालतको आदेश अनुसार १३ दिनभित्र राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्नुपर्नेछ’ ।
‘छलफलबाट हामीले काम बाडफाँट गर्यौं आजै सरसफाइ लगायतका कार्य सम्पन्न भएको छ’ प्रवक्ता पाण्डेले भने, ‘अधिवेशन आह्वान भएको खण्डमा अब हामी जुनसुकै दिन संसद बैठक राख्न सक्छौं । अहिलेको पछिल्लो समयमा कोरोना भाइरस वढ्दै गएको हुनाले यसबाट बच्न सुरक्षाका उपायहरु अपनाइएको जनाएको छ। कोरोना भाईरस को कारण सामाजीक दुरी कायम गरी सभा हलमा एउटा सिट छोडेर बस्नेगरी माननीयहरुको लागि सिट मिलाएका छौं । कोरोना भाइरस फैलिने डरले सबै कीसीमका स्वास्थ्य मापदण्डलाई मध्यनजर गरेर सोही अनुसारको व्यवस्थापन गरिएको छ’।