भागरथी भट्टको बलात्कारपछि हत्याको नेपाल तरुण दल अर्घाखाची द्धारा भर्सना
बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको नेपाल तरुण दल अर्घाखाचीले भर्त्सना गरेको छ ।अध्यक्ष नारायण खड्काले घटनाबाट आफू स्तब्ध र मर्माहत भएको जानकारी दिनुभएको छ ।
डेढ वर्षअघि निर्मला पन्तको हत्याको प्रसङ्ग कोट्याउँदै उहाँहले राज्यसंयन्त्र नागरिकलाई शान्तिसुरक्षा दिन असफल भएको बताउनुभयो ।उहाँहरूले सरकारसमक्ष निर्मला पन्तको घटनामा जस्तै गैरजिम्मेवार नबन्न र सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कडा कारबाही गर्न माग गर्नुभएको छ ।