राष्ट्रिय

भागरथी भट्टको बलात्कारपछि हत्याको नेपाल तरुण दल द्धारा भर्सना

0Shares

काठमाडौँ,माघ २७: बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको नेपाल तरुण दलले बिरोध जनाएको छ । दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘प्रस्तुत विषयमा भागरथी भट्टको मितिः २०७७ साल माघ २१ गते बुधबार विद्यालयबाट घर फर्किदै गर्दा सम्पर्क बिहिन भई २२ गते बिहिबार गाउँनजिकैको लबलेक जंगलमा बलात्कार गरी विभत्स एवं पाशविक किसिमले हत्या गरीएको घटनाले नेपाल तरुण दल केन्द्रिय समितिको गम्भीर ध्यान आकृष्ट गरेको छ । उक्त हृदयविदारक एवं दर्दनाक घटनाको नेपाल तरुण दल केन्द्रिय समिति घोर निन्दा एवं भर्त्सना गर्दछ । यस हत्याकाण्डमा मृत भागरथी भट्टको आत्माको चिर शान्तिको कामना गर्दै उनका आमाबुवा एवं आफन्तजनमा यस दु:खद घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने प्राथर्रना गर्दै नारी असमिताको रक्षा गर्न र समाजमा शान्ति र अमन, चयन कायम गर्न वर्तमान ओली सरकार नराम्ररी चुक्दै गएको हुँदा पटकपटक हाम्रा चेलीबेटीहरुले बलात्कृत भई मर्नु पर्ने बाध्यता देशमा सृजना भएको छ । मानिसको शान्तिपूर्ण रुपले ईज्जत साथ बाच्न पाउने नैसर्गिक अधिकार माथि धावा बोल्दै समाजका कसिङ्गरका रुपमा रहेका अपराधिक मनोवृतिका घृणित एवं हिंस्रक व्यक्तिहरुबाट घटाईएको त्यस बलात्कार पछिको हत्याकाण्डमा संलग्न अपराधीहरुलाई छिटो भन्दा छिटो पक्राउ गरी कानुनको कठघरामा ल्याई कडा भन्दा कडा कारवाही गर्न र मृत भागरथी भट्टलाई न्याय दिन दल सरकार संग जोडदार माग गर्दछ । देशमा बढ्दै गएको यस्तो जघन्य अपराधिक घटनामा सरकार र यसका सम्बन्धित निकाय निष्क्रिय भएर अपराधमा संलग्नलाई कारवाही गर्न ढिलासुस्ती देखाएमा दल आन्दोलनमा उत्रन बाध्य हुने र त्यसबाट उत्पन्न गम्भीर परिणामको जिम्मेवार सरकार आफै हुनुपर्ने चेतावनी समेत दिन चाहन्छौ।

0Shares