अन्तराष्ट्रिय

भारतमा एकैदिन तीन लाख १५ हजार बढीमा संक्रमण पुष्टि

0Shares

काठमाडौ,वैशाख ९: कोरोना भाइरसको दोस्रो लहरको चपेटामा परेको भारतमा एकैदिन तीन लाख १५ हजार बढीमा संक्रमण पुष्टि भएको छ । एकै दिन यति धेरै संक्रमण पुष्टि भएको यो विश्वकै पहिलो रेकर्ड हो । यसअघि सबैभन्दा बढी गत जनवरी ८ मा अमेरिकामा तीन लाख सात हजार मानिस संक्रमित भएका थिए ।
बुधबार ३ लाख १५ हजार ९२५ जनाका संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या २२ लाख ९० हजार ७२८ पुगेको छ । भारतमा अहिलेसम्म १ करोड ५९ लाख २४ हजार ८०६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।सोही अबधीमा कोरोना भाइरसबाट २ हजार १०२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८४ हजार ६७२ पुगेको छ । बुधबार नै महाराष्ट्रको एक सरकारी अस्पतालमा अक्सिजन ट्यांंक चुहिँदा २४ कोरोना संक्रमितको मृत्यु भएको थियो । अझै ८ हजार ९४४ जनाको गम्भीर अवस्थामा उपचार भैरहेको छ ।भारतमा दैनिक थपिने संक्रमितको संख्या सबैभन्दा बढी नेपालसँग जोडिएको उत्तर प्रदेशमा रहेको छ । पछिल्लो २४ घन्टामा उत्तर प्रदेशमा ३३ हजार २१४ संक्रमित थपिएका छन् ।

0Shares